स्वास्थ्य परीक्षण गर्न वीर अस्पतालको छाला, यौन तथा कुष्ठरोग विभागमा डाक्टरलाई भेटेको केही क्षणमै बिरामी हतास मनस्थितिमा पुगे। घाउहरु देखाएर लक्षण उल्लेख गर्दा सम्बन्धित डाक्टरले यौनरोग लागेको बताएपछि थचक्क कुर्सीमा बस्दै हतास मुद्रामा ती अधबैंसे बिरामीले सोधे-डाक्टर सा’ब, यो रोग निको हुँदैन त ?’ काठमाडौंमा विस्थापित जीवन बिताइरहेको बताउने ३८ वर्षीय ती अधबैंसे नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्-एकैछिन्को असावधानीले सारा सपना ध्वस्त भए।’ घरमा श्रीमती हुँदाहुँदै अन्यत्र गएर असुरक्षित यौनसम्पर्क गर्दा उनको शरीरमा हर्पिस सिम्प्लेक्स भाइरस टु नामक जीवाणु प्रवेश गरेको छ। करिब १२ वर्षअघि असुरक्षितरुपमा यौनसम्पर्क गरेको र त्यसको एक सातापछि नै पिसाब पोल्न थालेको उल्लेख गर्दै उनी थप्छन्-पानीको फोकाजस्ता ससाना घाउहरु आउन थाल्दा नै शंका त लाग्याथ्यो, तर केही समयपछि आफैं ठीक भएकोले त्यति वास्ता गरिएन।’ -यौनांगको वरिपरि ससाना पानीफोकाजस्ता घाउहरु फुट्ने र चहर्याउँदाखेरि उनले औषधि पसलबाट किनेर मलहम लगाए तर जँचाएनन्। यसबारेमा उनी भन्छन्-एक त आफैंलाई लाज लाग्यो, फेरि कसैले देख्ने वा थाहा पाउने हुन् कि भन्ने डर पनि भयो।’
सम्बन्धित विशेषज्ञहरुका अनुसार उनलाई हर्पिस जेनिट्यालिस नामक यौनरोगले सताइरहेको छ। यो रोग निको पार्ने औषधि हालसम्म बनेको छैन। वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा। अनिलकुमार झा भन्नुहुन्छ- जतिसुकै औषधि गरे पनि यो पानीफोका यौनांगवरिपरि पटकपटक आउँछ। विनाऔषधि फोका हराएर पनि जान सक्छ। तर केही समयपछि पुनः आइहाल्छ। यो यौनरोगले असाध्यै दुःख दिन्छ।’
यौन सङ्क्रमण भएको व्यक्तिसँगको असुरक्षित यौनसम्पर्कबाट सर्ने हर्पिस जेनिट्यालिस लगायतका दर्जनौं यौनरोगहरु महिला र पुरुष दुवैमा सङ्क्रमण हुने क्रम बढ्दो छ। जसमध्ये अधिकांश यौनरोगहरुको समयमै उपचार गरे पूर्णरुपले निको हुने सम्बन्धित चिकित्सकहरु बताउँछन्।
यौना·मा सङ्क्रमण
मुख्यतः असुरक्षित यौनसम्पर्कबाट यौनरोग सर्ने भए पनि कतिपय अन्य कारणबाट पनि सङ्क्रमणमा परेका छन्। वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा। अनिलकुमार झाका अनुसार सङ्क्रमित गर्भवती आमाबाट जन्मेको शिशु, निर्मलीकरण नगरिएको सुई तथा औजार, सङ्क्रमित रगत र रगतजन्य पदार्थहरुबाट पनि यौनरोग सर्न सक्छ।
नेपालमा विशेषगरी एचआईभीरएड्स सिफिलिस ९भिरंगी०, गोनोरिया ९धातुरोग०, हर्पिस जेनिट्यालिस, स्याङ्क्रवाइड, क्लामाइडिया, ट्राइकोमोनियासिस, भेनेरल वार्ट, ग्रानुलोमा इनग्विनेल लगायतका यौनरोग देखा परेका छन्। असुरक्षित यौनसम्पर्क गरेको ९ देखि ९० दिनभित्र यौना·मा सानो खटिरा आयो भने सिफिलिसको शंका गर्दा हुन्छ। यो खटिरा केही समयपछि आफैं हराएर जान सक्छ तर कीटाणु भने रगतमा प्रवेश गरी भित्री शारीरिक अंगलाई असर गर्छ। रोग जटिल अवस्थामा पुग्यो भने शरीरको सम्पूर्ण अंगलाई क्षति पुर्याउँछ।’ घाउ नभए पनि कसै(कसैलाई रगतमा एकै पटक कीटाणु देखिन सक्छ। यो आमाबाट बच्चामा पनि सर्न सक्छ।
त्यस्तै असुरक्षित यौनसम्पर्क गरेको १० दिनभित्र यौना·बाट पीपजस्तो पदार्थ आउन थाल्यो भने गोनोरिया (धातुरोग_ भएको हुन सक्छ। पिसाब फेरिरहन मन लाग्ने तर पोल्ने महसुस गर्नुभएको छ भने जँचाइहाल्नुस्, तत्कालै जाँच र उपचार गरे गोनोरिया निको हुने चिकित्सकहरु बताउँछन्। यौनसम्पर्क गरेको ७ देखि १० दिनभित्रै एकभन्दा बढी पिलोजस्ता खटिरा एकैचोटि आएको छ भने स्याङ्क्रवाइडले सङ्क्रमण गरेको हुन सक्छ। डा। झाका अनुसार सिफलिसमा पिलो दुख्दैन तर स्याङ्क्रवाइडयुक्त पिलो दुख्छ। समयमै उपचार गरे यो रोग पनि निको हुन्छ।
जतिसुकै औषधि गरे पनि निको नहुने हर्पिस जेनिट्यालिस भएको छ भने यौनांगको वरिपरि मसिना पानीफोकाहरु आउँछन्। विनाऔषधि फोकाहरु हराएर पनि जान सक्छन्। र, पुनः फोकाहरु आएर दुःख दिन्छन्। यसको कीटाणु रगतमा लुकेर बसेको हुन्छ।
महिलाहरुमा बढी हुने ट्राइकोमोनियासिस यौनसम्पर्क मात्र नभई यौनांग फोहोर भएर पनि हुन सक्छ। यो रोग लागेको बेला यौनांगबाट सेतो पानी आउने, यौनांगवरिपरि रातो बिमिरा आउने, यौनांग सुन्निने हुन्छ। त्यस्तै क्यान्डिडियासिस नामक रोग पनि असुरक्षित यौनसम्पर्क र फोहोरमैलाका कारण हुन्छ। यौनांग रातो हुने, यौनांगवरिपरि रातो बिमिराजस्ता लक्षणहरु देखा पर्छन्। डा। झा थप्नुहुन्छ( ँकीटाणु यौनांगमा छ भने एन्टिबायोटिक औषधि प्रयोग गर्दा यो रोग झन् बढ्न सक्छ।’
भारतीय सीमावर्ती क्षेत्र तथा तराईका बासिन्दामा बढी पाइने रोग ग्रानुलोमा इनग्विनेल भएको बेला यौनांगमा खटिरा आउने र सुन्निने हुन्छ।
पीडामाथि पीडा
यौनरोग सङ्क्रमितसँगको असुरक्षित यौनसम्पर्क वा अन्य कारणले रोग सरेका व्यक्तिहरुमा हीनताबोध र डरसँगै लाजले गर्दा जँचाउन जाने गरेको पाइँदैन।
सामाजिकरुपमा हेय भावनाले हेरिने परम्पराले गर्दा उपचार गर्न हिचकिचाउने गरेको, यौनरोगको शंका लाग्यो भने धेरै बिरामीहरु सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा जाने गरेको, सरकारी अस्पतालमा कसैले देखिहाल्ने पो हुन् कि भन्ने त्रास हुन्छ, त्यसैले धेरै बिरामीहरु गोपनियता खोज्दै निजी नर्सिङहोमतिर नै जान्छन्।
स्वास्थ्यकर्मी र बिरामीबीचको सुमधुर अन्तरक्रिया नै यौनरोगको उपचार सेवा र परामर्शका लागि महत्त्वपूर्ण हुन्छ। यौनरोग सेवा प्रदान गर्ने क्रममा अरुले संवाद नसुन्ने तथा परीक्षण गर्दा नदेख्ने गरी गोप्य हुनुपर्छ। तर सरकारी अस्पतालहरुमा यौनरोग सेवा दिने स्थल र विधिप्रति बिरामीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
यौनरोगबारे स्वास्थ्य शिक्षा, परामर्श, सहज उपचार व्यवस्था बेलैमा गर्ने हो भने यौनरोग फैलनबाट रोक्न सकिन्छ। यसका साथै स्वयम् बिरामी पनि नलजाई समयमै जँचाएर उपचार गर्नतिर लाग्दा निको हुन सक्छ। अधिकांश यौनरोग बेलैमा उपचार गरे निको हुन्छ। उपचारमा ढिलाइ गरे बाँझोपन, गर्भपतन, शिशुमा अन्धोपन, पाठेघरबाहिर गर्भ रहने, पाठेघरको मुखको क्यान्सर र मृत्युसमेत हुन सक्ने चिकित्सकहरु बताउँछन्।
No comments:
Post a Comment